
काठमाडौँ , ‘दशैँ आयो’ गीतको भिडियो सार्वजनिक भएको छ । यस गितमा लोकदोहोरी गायिका अमृता लुंगेली मगर र बिवेक श्रेष्ठको आवाज रहेको छ । सिपि मगरको शब्द संगीत रहेको उक्त गीतमा कृष्ण बिकले एरेन्ज गरेका छन् ।
स्मृती तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेको गीतको भिडियोमा दिनेश छेत्री र गायिका अमृताकै अभिनय छ ।
उक्त भिडियो गायिका अमृता लुंगेलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
