कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको मृत्यु

७ आश्विन २०७६, मंगलवार १०:४५

काठमाडौं, नवलपरासीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा परि कारमा रहेका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।