(राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर

६ आश्विन २०७६, सोमबार १५:५९

काठमाडौं , राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर आउनु भएको छ । गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बसेको बैठकले राजकिशोर यादवलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।

चक्रिय प्रणालीअनुसार अध्यक्ष मण्डलका संयोजक बन्नु भएका यादवको ३ महिनाको म्याद सकिएपछि सोमबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर आउनु भएको हो