भालुको आक्रमणबाट एक जना घाइते

६ आश्विन २०७६, सोमबार ११:५८

संखुवासभा , संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। भालुको आक्रमणबाट मकालु–२ बुङ्गिमका ३४ वर्षीय दावा नुर्बु शेर्पा घाइते भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिनु भयो ।

भालुको आक्रमणबाट शेर्पाको दाहिने हातको पन्जा, दुबै खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ। भालुको आक्रमणबाट घाइते शेर्पाको प्राथमीक स्वास्थ्य चौकी मकालुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।