
राजविराज , सप्तरीको डाक्नेश्वरी नगरपालिकामा अज्ञात समूहले एक जनालाई गोली प्रहार गरेको छ। वडा नम्बर ७ ब्रहमपुरका २४ वर्षीय भगवती मण्डलमाथि गएराति भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेर घाइते बनाएको सप्तरी प्रहरीले जनाएको छ। उनको बायाँ हातको पाखुरामा गोली लागेको छ।
पाखुराबाट अत्यधिक रगत बगेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको अस्पतालका अहेव सन्तोष मेहताले बताउनु भयो ।
