हातहतियारसहित धनुषाबाट चारजना पक्राउ

५ आश्विन २०७६, आईतवार १९:१६

जनकपुरधाम , हातहतियारसहित धनुषाबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बिदेह नगरपालिका ६ का अविनाशकुमार मण्डलले घरमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा २५ वर्षीय मण्डलसहित बिदेह नपा ६ का २१ वर्षीय लक्ष्मी मण्डल खत्वे, १९ वर्षीय सोबिन मण्डल र सिरहाको औरही नपा ६ लरहिया घर भई सोही ठाउँ बस्ने ३५ वर्षीय मिश्रीलाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीको विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय औरही र पहरी चौकी गिद्धाबाट खटिएको टोलीले खानतलासी मण्डलको घरबाट कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।