
भोजपुर , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला इन्चार्ज बम बहादुर विष्ट आइतबार हतियारसहित पक्राउ परेका छन ।
टेम्केमैयुङ गाउँपालिका ५, खावा घर भएका जिल्ला इन्चार्ज बम बहादुर विष्टलाई भोजपुर नगरपालिका १०, भैँसीपंखाको गजुरमुखी भिरछेउको जंगलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पक्राउ परेका विष्टको साथबाट प्रहरीले २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली र ह्याण्ड ग्रेनेड १ थान पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
