
गुल्मी , आज गुल्मीमा अरिङ्गालले टोक्दा एक बालकको मृत्यु भएको छ ।
आइतबार बिहान विद्यालय जाने क्रममा बाटोमा अरिङ्गालले टोक्दा गुल्मीका १२ वर्षीय पवन अधिकारीको मृत्यु भएको हो ।
अरिङ्गालले टोकेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि पाल्पामा रहेको युनाइटेड मिशन अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको बताइएको छ ।
