
सिरहा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार बाधक रहेको बताउनु बताउनु भएको छ ।
सिरहाको गोलबजारमा भएको कार्यक्रममा मन्त्री यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार बिरोधी आन्दोलन चलाउनुपर्ने बेला आएको बताउनु भयो । मन्त्री यादवले यसका विरुद्ध नागरिक र युवा समाजले आन्दोलन गर्नुपर्ने बताउनु भयो ।
मन्त्री यादवले आफूलाई मिडियाले भ्रष्टचारीको विल्ला भिराएको भन्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्टिकरण दिनु भयो । ‘उहाँहरुले मेरो बद्नाम गर्ने नियतले भ्रष्टाचार गरेको अफवाह फैलाएको हो, त्यसमा कुनै सत्यता छैन’, मन्त्री यादवको दावी गर्नु भयो ।
मन्त्री यादवले अरुको देशबाट सामान ल्याएर बेचेरमात्र मुलुक समृद्ध नबन्ने भन्दै आफ्नै देशमा सामान उत्पादन गरेमात्र मुलुक समृद्ध बन्ने बताउनु भयो ।
