काठमाडौँ ,अनुप ओझाले ‘संसारै बैमानी’ गीत बजारमा ल्याएका छन् । सफल केसी र प्रतिक गुरुङले उक्त गीतको भिडियोमा निर्देशन गरेका छन् ।
म्याड हाउसले उत्पादन गरेको सो भिडियो छायांकन काठमाडौँको विभिन्न स्थानमा गरिएको हो ।
भिडियोमा कलाकार विजय बराल, प्रकाश गन्धर्व, प्रकाश दाहाल, भावना थापा, सुरज चौलागाई, दिपराज विक र गायक अनुप स्वंयमले अभिनय गरेका छन् ।
गीतमा भानुभक्त ढकाल र झुमा लिम्बुले आवाजमा पनि साथ दिएका छन् ।
