मधेशवादी दललाई अलग राखेर जारी गरिएको यो संविधान स्वीकार गर्न सकिदैनः महेन्द्रराय यादव

३ आश्विन २०७६, शुक्रबार १५:४७

काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको स्पष्ट
पार्नु भएको छ । संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको पनि चर्को आलोचना गर्नु भयो ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाईको बल मिचाईमा प्राप्त संघीयता र गणतन्त्र नमास्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफै समाप्त हुने चेतावनी पनि दिनु भयो ।