संविधान दिवसको अवसरमा २८२ लाई आममाफी

३ आश्विन २०७६, शुक्रबार १०:२४

काठमाडौं, सरकारले संविधान दिवशको दिन पारेर २८२ जना कैदीलाई आम माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम २८२ जना कैदीहरूको कैद, दण्ड, जरिबाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिने राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

मन्त्रिपरिषद् बैठकले सेनाका सहायक रथी दर्जाको विशेष पद (४ वर्षका लागि) सिर्जना गर्दै महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको हो।

प्राविधिक प्रमुख सेनानी बानिरा थापा र अमुल कार्कीढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय भएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।