
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदका दुबै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । बजेट अधिवेशन अन्त्य हुनुअघि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो साढे २ बजे प्रतिनिधिसभालाई सम्बोधन गर्ने तयारी छ। त्यसअघि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे नै बस्ने कार्यसूचि छ।
राष्ट्रियसभाको बैठक भने ३ बजे बोलाइएको छ। बैशाख १६ देखि सुरु भएको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै मन्त्रिपरिषदले सदर गर्न राष्ट्रिपतिकहाँ पठाएको छ।
बिहीबार राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि बजेट अधिवेशन अन्त्य गर्ने तयारी छ।
