अरुण नदीमा जीप खस्दा ६ जना बेपत्ता

१ आश्विन २०७६, बुधबार ११:५९

सङ्खुवासभा, सङ्खुवासभा जिल्लाको सदरमुकामखाँदबारीबाट बिरामीबोकेर धरानतर्फ जाँदै गरेको बोलेरो जीप अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन। धर्मदेवीनगरपालिका–८ मा पर्ने अक्करको भीरबाट जीपगए राती खसेको हो ।


को १ ज ३७४९ नम्बरको बोलेर जीप राति १०ः३० बजेको समयमा सीधै अरुण नदीमा खसेर बेपत्ताभएको हो । चालक सन्तोष विकले हाँकिरहेको उक्तजीप अरुणमा खस्दा सवार सवै बेपत्ताभएका हुन । उद्धारको लागिखाँदबारी बाटप्रहरीको टोली परिचालित भए पनि लगातारको बर्षाको कारण उद्धार तथाखोजीकार्यमा समस्याभएको प्रहरीले जनाएको छ ।


जीपमा सवारहरुको बिवरण आईनसकेको प्रहरीले जनाएको छ ।अहिलेसम्मचालकको मात्रै नामखुलेको छ । बिरामी र अन्ययात्रुको पहिचानहुननसकेको डिएसपी मिमबहादुर लामाले जानकारी दिनुभयो ।