खुला दिसामुक्त घोषणा कार्यक्रम उपप्रधानमन्त्रीद्वारा बहिस्कार

१ आश्विन २०७६, बुधबार १०:००

काठमाडौं, सार्वजनिक शौचालयको व्यवस्थापन बिनै काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम राखिएपछि प्रमुख अतिथिका रुपमा निमन्त्रण गरिएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कार्यक्रम नै बहिस्कार गरेका छन् ।

काठमाडौं जिल्ला समन्वय समितिले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा भाग लिन पोखरेल राष्ट्रिय सभागृह पुगेका थिए ।

तर उनी समारोह भइरहेको कक्षमा प्रवेश नगरी फर्के ।

पर्याप्त शौचालय व्यवस्था नगरी खुला दिसामुक्त घोषणा गर्दा विवादमा पर्ने डरले उनी कार्यक्रमस्थलबाट जरुरी काम परेको निहुँ पारेर हिँडेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।