
काठमाडौं , घुससहित पक्राउ परेका २ जना कर्मचारी सहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
कंलकीका नायब सुब्बा ईश्वरीप्रसाद पोखरेल, खरिदार रामहरि सुवेदी, लेखापढी व्यवसायी तुलसीप्रसाद नेपाल, कृष्णप्रसाद घिमिरे, विश्वम्भर मैनाली र ईन्द्रावती खत्रीलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम विगो जफत गरी मुद्दा दायर गरेको हो ।
मालपोत कार्यालय ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवाप्रदायक बीचमा रिसवत लेनदेन गर्ने गरेको भन्ने उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको छ ।
