सुनको मूल्य एकैदिन ११ सयले बढ्यो

३० भाद्र २०७६, सोमबार १४:५७

काठमाडौं , नेपाली बजारमा १० दिनदेखि ओरालो लागेको सुनको भाउ ११ सयले बढेको छ।आइतबार ४ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ११ सयले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको भाउमा पनि वृद्धि भएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा किचबेच भइरहेको छ।आइतबार चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भएको थियो।