
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पुयाउन सोचेजस्तो सजिलो नभएको बताउनु भएको छ । सहिद प्रतिष्ठान, नेपालद्धारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।
प्रचण्डले द्धन्द्धकालीन मुद्दालाई टुंगोमा पुयाउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि खवरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता, कार्यकर्ता र सहिद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड समेत दिनु भयो ।
