रुपन्देहीमा गोली चल्यो, एकको मृत्यु

२९ भाद्र २०७६, आईतवार १७:५१

रुपन्देही, रुपन्देहीमा रोहिणी गाउँपालिका ३ स्थित रोहिणी गोला नजिक गोली चलेको छ। गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृतक कुर्मीको बायाँ कुममा गोली लागेको बताइएको छ ।

मृतक कुर्मीले भैरहवास्थिती एक बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाने क्रममा मोटरसाइकलमा सवार दुईजना युवाले उनलाई गोली हानी रकम लुटेर फरार भएको बुझिएको छ ।

गोली कसले र किन चलाएको भन्ने विषय खुलेको छैन । गोली प्रहार गर्ने युवा फरार भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।