रसिकका पाँच पुस्तक सार्वजनिक

२९ भाद्र २०७६, आईतवार १३:०९

काठमाडौं , स्रष्टा गणेश रसिकका पाँच पुस्तक बजारमा आएका छन् । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अग्रज कलाकार भैरवबहादुर थापा, उर्मिला श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा, गायक रामेश र लेखक रसिकले ती पुस्तकको संयुक्तरूपमा विमोचन गर्नु भयो ।

सार्वजनिक गरिएका पुस्तकमा ‘छपक्कै मनमा बसेकाहरू’ (व्यक्ति संस्मरण) र ‘ताराभन्दा सपना धेरै’ (गीत संग्रह) नयाँ कृति हुन् भने ‘दशगजमा उभिएर’, ‘मुनिया र उसको छोरो‘ र ‘आकाशगंगाका ओतमुनि’ रहेका छन् । यी सबै पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।