राजनीतिक स्थिरताबिना देश निर्माण हुन सक्दैनः मुख्यमन्त्री राई

२९ भाद्र २०७६, आईतवार १२:५८

विराटनगर , प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताउनु भएको छ । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । ।

मुख्यमन्त्री राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा, सुशासन र राजनीतिक स्थायित्व हो भन्दै स्वच्छ र समुन्नत प्रदेश बनाउन प्रदेश सरकारले कृषि, पर्यटन, उद्योगलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले शान्तिसुरक्षाको स्थिति बलियो भएमा मात्र देश निर्माण गर्न सरकारले लिएको सङ्कल्प पूरा हुने विचार व्यक्त गर्नु भयो ।