नेपाली बजारमा सुनको मूल्य घट्न थाल्यो

२९ भाद्र २०७६, आईतवार १२:१०

काठमाडौं , आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।