
काठमाडौं, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्जबाट काठमाडौं आउने क्रममा आफ्नो कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा माग्नु भएको छ शनिबार कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा नेपालगञ्ज एयरपोर्टमा मन्त्री भट्टराई केहीबेर ढिला आइपुग्दा यात्रुले उहाँमाथि आक्रोश पोखेका थिए । सो घटना भएको केही घण्टापछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत क्षमा माग्नु भएको हो ।
मन्त्री भट्टराईले सम्पूर्ण यात्रु र विमानका कर्मचारीहरुले देखाएको समझ्दारीप्रति धन्यवाद समेत व्यक्त गर्नु भएको छ । मन्त्री भट्टराईले आफुमाथि प्रस्तुत हुने केही व्यक्तिले पारसका विरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर आफुहरुलाई दुःख दिएको भन्दै गाली गरेको सुनेको र उनीहरुको नियत प्रस्ट भएको समेत बताउनु भएको छ ।
यस्तो छ मन्त्री भट्टराईको स्टाटस्ः

