
काठमाडौं , सत्तारुढ नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। मंसिर १४ गते तोकिएको उपनिर्वाचन प्रयोजनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो।
दल दर्ताका लागि नेकपा निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, सचिव बाबुराम दाहाल, कार्यालय सचिवहरू श्रीराम ढकाल र ईश्वरी रिजाल कागजात सहित आयोग पुगेका थिए।
२०७४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।
