सुनको मूल्य घट्यो, तोलामा ७० हजार ८ सयमा कारोबार

२६ भाद्र २०७६, बिहीबार १२:१५

काठमाडौं , बिहीबार सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ५ सयमा कारोबार भइरहेको छ।

चाँदी तोलामा भने ८७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८७० रुपैयाँमा कारोबार भएको थियो।