डेंगुबाट यसरी बच्नुहोस्

२६ भाद्र २०७६, बिहीबार ११:५५

काठमाडौं , मुलुकभर अहिले डेंगुले महामारीको रुप लिएको छ । समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् । डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट टाढा रहनुपर्छ । देशभर डेंगुको प्रकोप बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखामा बिरामीको चाप बढेको छ ।

डेंगु भएको कसरी थाहा पाउने ?
१ –एक्कासी उच्च ज्वरो आउनु,
२ –लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
३ –असाध्यै टाउको दुख्नु,
४–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
५ –ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
५ –शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

१ –डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
२ –पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,
३ –पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
४ –कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक(दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
५ –फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
६ –एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
६ –सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
७ –लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
८ –घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
९ –घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।