खुकुरी प्रहारबाट एक घाइते

२५ भाद्र २०७६, बुधबार १९:२४

खोटाङ, खुकुरी प्रहारबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बलराम कट्वाल घाइते भएका छन्। सामान्य विवादका क्रममा छिमेकी दिनेश कट्वालले प्रहार गरेको खुकुरीले लाग्दा ४३ वर्षीय बलराम घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ ।

मंगलबार राती छिमेकीलाई खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टाउकोमा चोट लागेका बलराम उपचारपछि डिस्चार्ज भएको बताइएको छ।