मोदी र ओलीले गरे स्वीच थिचेर नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन

२४ भाद्र २०७६, मंगलवार १५:२१

काठमाडौं, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको संयुक्त रूपमा उदघाटन गर्नु भएको छ । मंगलबार दिल्लीबाट मोदी र सिंहदरबारबाट ओलीले स्वीच थिचेर नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गर्नु भएको हो । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ। पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ ।