पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँ घट्यो

२४ भाद्र २०७६, मंगलवार १३:०७

काठमाडौं, पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा २ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

समायोजन भएको नयाँ मूल्य आज दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनु भयो ।