
काठमाडौं, नेपाली बजारमा सुन तोलामा ७ सय रुपैयाँले घटेको छ।सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलवार ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन तोलामा ५ सयले घटेर ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको छ। एक महिनादेखि सुन र चाँदीको भाउ बढ्ने र घट्ने क्रम जारी छ।
