
वीरगन्ज , अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले सोमबार पाँच हजार घुससहित एक नेपाल प्रहरीका जवानलाई रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हीरा साह तेली रहेका छन् ।
उनले वीरगन्जको माईस्थान चोकको भरत दही एण्ड स्वीट पसलममा सेवाग्राहीसँग घुस लिँदै गर्दा प्रहरी तेलीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
