पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

२३ भाद्र २०७६, सोमबार ११:११

काठमाडौँ , नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उहाँका ६८ बर्षिय बुवा यामप्रसाद आचार्यको सोमबार बिहान काठमाडौँमा निधन भएको परिवारले जानकारी गराएको छ ।

आचार्य केही समय देखि बिरामी भएको बताईएको छ । उहाँको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख कृष्णबहादुर महरा लगायतले दुःख व्यक्त गर्नु भएको छ ।