अर्थतन्त्र कमजोर छैन, भ्रम नछरौंः अर्थमन्त्री खतिवडा

२२ भाद्र २०७६, आईतवार १३:३९

काठमाडौं, अर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बन्चरो हान्ने काम कसैले पनि गर्न नहुने बताउनु भएको छ । उहाँले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसो नगर्न पनि सबैलाई सचेत गराउनु भयो ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सव समारोहको उद्धघाट्न गर्दै मन्त्री खतिवडाले यस्तो बताउनु भएको हो । उहाँले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेको जिकिर गर्नु भयो । यस्तो राम्रो सूचक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको भन्दै खतिवडाले चिन्ता व्यक्त गर्नु भयो । उहाँले सरकारले उत्पादनमा जोड दिएर पुँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दाबी गर्नु भयो ।