दसैंको टीकाको साइत १० बजेर ३५ मिनेटमा

२२ भाद्र २०७६, आईतवार १२:४४

काठमाडौं , पञ्‍चाङ्ग निर्णायक समितिले यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको छ ।

समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।