अब प्रधानमन्त्री नियमित काम गर्न सक्नुहुन्छः निजी चिकित्सक

२० भाद्र २०७६, शुक्रबार १५:४३

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको निजी चिकित्सकले बताएका छन्। प्रधानमन्त्रीका निजी चिकित्सक दिव्य सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएकी हुन् ।

प्रधानमन्त्रीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको छु, विज्ञप्तिमा भनिएको छ, उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो कामलाई निरन्तरता दिन सक्नुहुन्छ।

ओली यसअघि पनि सिंगापुरको सोही अस्पतालमा उपचार गर्न जानु भएको थियो । त्यसबेला उहाँ एक साता उपचार गराएर साउन १८ गते स्वदेश फर्किनु भएको थियो । नेपाल आएको १० दिनपछि प्रधानमन्त्री ओली फलोअपका लागि सिंगापुर जानु भएको थियो ।

विज्ञप्ति