वीरगञ्जमा १५ वर्षीया छात्रामाथि एसिड प्रहार

२० भाद्र २०७६, शुक्रबार १०:४०

वीरगञ्ज , वीरगञ्जमा छात्रामाथि एसिड प्रहार भएको छ। विद्यालय जाँदै गरेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो। खातुनमाथि शुक्रबार बिहानै एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने खातुनमाथि २ जना युवकले एसिड प्रहार गरेका हुन्। प्रहरीका अुनसार विद्यालय जानेक्रममा ती युवकहरुले खातुनमाथि एसिड प्रहार गरेका हुन् ।

पर्सा प्रहरीका अनुसार एसिड प्रहार गर्ने सम्साद मिया र मक्सेद आलम रहेको बताइएको छ । एसिड प्रहारले गम्भीर घाइते भएकी छात्रालाई उपचारको लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।