कृषि मन्त्री खनाललाई डेंगुको संक्रमण

१९ भाद्र २०७६, बिहीबार १२:४७

काठमाण्डौ , कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ ।

उहाँको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उहाँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो ।

परीक्षणमा डेंगु भएको पुष्टि भएपछि उहाँलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।