
चितवन , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासमा आफूहरु द्रुत गतिमा अघि बढ्न चाहेको बताउनु भएको छ । चितवनमा बुधबार आयोजित ‘भरतपुर विमानस्थल विकास एवं सुधार’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु एक्सनमा जान चाहेको बताउनु भएको हो ।
जनताले छिटोभन्दा छिटो देशले विकासको गति लेओस् भन्ने चाहेको समेत उहाँले प्रष्ट पार्नु भयो । ‘यदि देशले विकासको गति लिएन भने जनतामा बेचैनी बढ्ने खतरा देखिएको छ,’ प्रचण्डले भन्नु भयो ।
