
काठमाडौँ, प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी ओलीलाई विश्राम लिन किन भनेको भन्दै सत्तारुढ नेकपासँग प्रश्न गर्नु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले बहुमतमा रहेको नेकपा कम्युनिस्ट पार्टीले सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्ने स्थितिमा ओलीलाई विश्राम दिन नचाहेको भन्दै आश्चर्य प्रकट गर्नु भयो ।
सांसद थापाले मुलुकको कार्यकारी प्रमुख एक पटक लामो समय देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीति मर्यादा जोखिममा पर्ने र शासकीय जिम्मेवारी पूरा नहुने भन्दै आपत्ति जनाउनु भयो ।
प्रधानमन्त्रीले विदेशमा उपचार गरेबापत सरकारी कोषबाट खर्च नलिने विषयको कांग्रेसले स्वागत गरेको छ। तर, प्रधानमन्त्रीको उपचारको बारेमा सरकारले संसद्लाइ यथार्थ जानकारी नगराएको भन्दै सांसद थापाले असन्तुष्टि जनाउनु भयो ।
