
गल्याङ, स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन्।
पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप बुधबार दिउँसो गल्याङ–३ बुटवल पावर कम्पनी नजिकैबाट दुर्घटना हुँदा एक महिला र एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीलाई तानसेन रिफर गरिएको छ भने केहीको स्थानीय गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
