
काठमाडौं , गृह मन्त्रालयले २ हजार जना कर्मचारीको माग गरेको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर नौ सय ९४ जना र फिल्ड सहायक नौ सय ९५ जना कर्मचारी माग गरेको हो । गोरखापत्रमा सुचना निकाल्दै गृह मन्त्रालयले कर्मचारीका लागि मंगलबार विज्ञापन खुलाएको हो ।
यी दुई पदमा चाहने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकहरूले अनलाइनबाट दरखास्त फारम भर्न सक्नेछन् । दरखास्तका लागि १५ दिनको लागी समय राखिएको छ । देशैभरका ७५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो ।

