सेजनको अध्यक्षमा गौतम विजयी

१५ भाद्र २०७६, आईतवार १०:५०

काठमाडौं , आर्थिक पत्रकार समाज नेपाल (सेजन) को अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गरेका हुन ।

२३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरे । ३ मत खसेन ।

त्यस्तै महासचिवमा सुजन ओली निर्वाचित भएका छन् । ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १३५ र पौडेलले ९५ मत ल्याए ।

उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथामार्फत निर्वाचित भइन् । यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् ।