
काठमाडौं , नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुर्खेतको भिरबाट खसाएर गाइ मार्ने काम गर्नेलाई कारवाही गर्न माग गर्नु भएको छ ।
उहाँले आज बिहान ट्विट गर्दै भन्नु भएको छ ,‘‘ संविधानले गाई राष्ट्रिय जनावर भनेको छ । गाईसँग हिन्दुहरुको अत्यन्तै ठूलो आस्था र संस्कृति जोडिएको छ । सुर्खेतको भीरबाट खसाएर गाई मारिएको घटनाले हिन्दुहरुको आस्थामाथि ठेस पुगेको छ । यो घटनामा संलग्नलाई तुरुन्तै कानुनी कठघरामा ल्याएर कडा कारवाही गरियोस् ।’’
