अछाममा जीप दुर्घटनाः दुईको मृत्यु, ५ घाइते

१३ भाद्र २०७६, शुक्रबार १९:३७

अछाम , अछामको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। अछामको साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको बताइएको छ ।

शुक्रबार साँझ सबा ५ बजेतिर भएको दुर्घटनामा ५ जना घाइते छन्। विस्तृत जानकारी आउन बाँकी छ।