
काठमाडौं, गीतकार डा डिआर उपाध्यायले गीत लेखेर विश्व कीर्तिमान कायम गर्न सफल हुनु भएको छ । नेपाली सांगीतिक क्षेत्रमा गीत लेखेर उहाँले आफ्नो नाम विश्व चिनाउन सफल
हुनु भएको हो । ६ गीति एल्बमका ३६ ओटा गीत एकैपटक सार्वजनिक गर्नु भएका उपाध्ययलले सोही कामका लागि लण्डनबाट विश्व कीर्तिमानी गीतकारको सर्टिफिकेट प्राप्त गर्नु भयो ।

नेपाली गीत संगीतका फरकफरक ६ विधामा ‘वल्ड बुक अफ रेकर्ड’मा आफ्नो नाम दर्ता गराउनु भएका गीतकार उपाध्यायले यसै हप्ता मुम्बई पुगेर सम्पूर्ण प्रमाणपत्र ग्रहण गर्नु भएको हो । नेपाली गीत संगीतका विविध विधामा योगदान दिनु भएको उहाँलाई विश्वका विभिन्न मुलुकले पनि सम्मान गरेको छ ।

गीतकार उपाध्यायलाई एकैपटक ३६ गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम भएको प्रमाण पत्र प्रदान गरिएको हो ।उहाँले एउटै गीतमा ३ सय भन्दाबढी लोक बाजाहरुको प्रयोग गरेर गीत रेकर्ड गराउनु भयो । एउटै गीतमा ३ सय भन्दाबढी लोक बाजाहरुको प्रयोग गरिएको पनि ‘वल्र्ड बुक अफ रेकर्ड’मा दर्ता भयो । यससँगै उहाँले आठ फरक गीत आठ फरक बिटमा संगीत गरेर रेकर्ड गराउनु भयो ।
