वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ

१२ भाद्र २०७६, बिहीबार १३:०४

रुकुम , रुकुम पूर्वमा प्रहरीले हत्या आरोपमा तीनजना बालकलाई पक्राउ गरेको छ। गाउँपालिका ८ का ७२ वर्षीय गंगे बोहराको हत्या अरोपमा तीजजना बालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बताएको छ ।

अनुसन्धानको क्रममा १५ वर्षका १६ वर्षका र १७ वर्षका तीनजनालाई पक्राउ गरिएको बताइएको छ ।

भदौ ९ गते बोहराको शव घरमै फेला पारेको थियो। शव हेर्दा चोटपटक लागेको भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो।

बोहराको ८ गते राति नै हत्या भएपनि शव भने ९ गते फेला परेको थियो।उनीहरुलाई मंगलबार अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेको बताइएको छ । उनीहरु बालक भएकाले सुनुवाइ बाल इजलासमा हुने जनाइएको छ ।