
बझाङ, बझाङको केदारस्युँ गाउँपालिका–७ कि ज्ञाना धामीको सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि उनको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ ।
सिम्रिक एयरको हेलिकप्टरमार्फत उनलाई उद्दार गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, विद्यार्थी नेता प्रविन्द्र धामी, केदार गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष लोकेश भण्डारी, जिल्ला अस्पताल बझाङ प्रमुख र सुरक्षाकर्मीको सहयोगमा सुत्केरीको उद्दार गरिएको हो ।
जिल्ला अस्पतालमा बझाङमा सुत्केरी हुन नसकेपछि ज्ञानाको अपरेशन गरिएको थियो । अपरेशनपछि अत्यधिक रक्तस्राव भएका कारण चिकित्सकले उनलाई तत्काल थप उपचारको जरुरी भएको बताएपछि हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको छ ।
