
काठमाडौं , अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलिया रिहा भएका छन्। सोमबार सर्वोच्च अदालत न्यायधीश हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको आदेशपछि थपलीया रिहा भएका हुन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले गत साउन ३ गते थपलियाको रिहाईका लागि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
