कानुनी राज्य र विधिको शासन भएको मुलुकमा भीडले कानुन नियन्‍त्रण हुँदैनः संचारमन्त्री

८ भाद्र २०७६, आईतवार १९:३८

बुटवल , सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी राज्य र विधिको शासन भएको मुलुकमा भीडले कानुन नियन्त्रण नहुने बताउनु भएको छ । आइतबार बुटवलमा मन्त्री बास्कोटाले सामाजिक संजालको दुरुपयोग गर्दै भइरहेका भीडवाजीले अनुसन्धान र न्यायलय प्रभावित नहुने जिकिर गर्नु भयो ।

नागरिकस्तरबाटसमेत सामाजिक संजाल दुरुपयोग हुन नहुने भन्दै उहाँले सञ्चारमाध्यमले त्यसैलाई स्रोत मान्नु गलत भएको बताउनु भयो ।

राज्यका निकायमा दर्ता भएका मिडियामात्रै सूचनाका आधिकारिक स्रोत भएको उहाँले बताउनु भयो ।
युट्युब लगायत अन्य सामाजिक संजाललाई कानुनी दायरामा ल्याउने उहाँले बताउनु भयो । संचारमाध्यममा समेत गलत सूचना सम्प्रेषण भइरहेको भन्दै त्यसको जिम्मेवारी दिन उहाँले पत्रकारलाई आग्रह गर्नु भयो ।