भदौ १० गते नेसनल प्याब्सनको लोकनृत्य हुँदै

७ भाद्र २०७६, शनिबार १९:०३

काठमाडौँ , निजी विद्यालयको छाता संगठन नेसनल प्याब्सन काठमाडौँले तिजको अवसर लोकनृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कार्यक्रम यही भदौ १० गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

पत्रकारसम्मेलनका दिइएको जानकारीअनुसार प्रतियोगितामा कुल ७५ समूहकोे सहभागिता रहनेछ । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने प्रतियोगिका प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद १५ हजार, १० हजार ५ हजारसहित ट्रफी र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । बाँकी टप १० टिमलाइ नै ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रमका सहभागीले नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्कने मौलिक लोकनृत्यलाई कम्तीमा ८ र बढीमा २४ जनाको समूहमा प्रस्तुत गन सक्ने आयोजकको भनाइ छ । नेपाली भाषा र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । नेसनल प्याब्सन काठमाडौँका सञ्चार विभाग प्रमुख तथा लोक नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक गेन्द्र लामाले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए ।